१२ हजार परीक्षणमा ४१२ जनामा कोरोना संक्रमण, २०२ जना निको


२ मंसिर २०७८, बिहीबार
korona

काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र १८८७ एन्टिजेन गरी ११ हजार ९९३ परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट परीक्षणमा ३६३ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७