बाराका दुई गाउँपालिकाले दिए पूर्णिमाको अवसरमा आज सार्वजनिक बिदा


३ मंसिर २०७८, शुक्रबार
Feta gapa KPaCe3woYZ

बारा, ३ मंसिर । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाराका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिइएका छन् । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएका हुन् ।

करैयामाई गाउँपालिका–२ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिका–१ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जनाएका छन् । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७