तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह


६ मंसिर २०७८, सोमबार
snow

काठमाडौं, ६ मंसिर । देशका विभिन्न भागमा आज (सोमबार) बर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश–१ को पहाडी भू–भागको एक / दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश–१, वागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । यद्यपि, पौने ९ बजेसम्म तापक्रम केही घट्न सक्ने विभागले जनाएको छ । बादल लागेकाले चिसो कम भएको विभागको भनाइ छ । यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७