प्रधानन्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै आज बारले दलहरूको ध्यानाकर्षण गराउँदै


६ मंसिर २०७८, सोमबार
bar 2

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज (सोमबार) राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ ।

प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार असन्तुष्ट छ । सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ ।

नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको बताए । ‘सुरुमा कुन दलको कार्यालयमा कति बजे जाने भन्ने समय फिक्स्ड छैन, हाम्रो नियमित विरोधको कार्यक्रम सकेर ध्यानाकर्षण गराउन जान्छौं,’ उनले भने ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बारले उनको राजीनामा माग्दै गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ । विरोध कार्यक्रमअन्तर्गत नै आइतबार सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा कानून व्यवसायीहरूले बहस पैरवी रोकेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७