बाल विवाहमुक्त गाउँ घोषणा


३ पुष २०७८, शनिबार
bihe
सांकेतिक तस्वीर

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-८ लडागडाको बेड गाउँलाई जिल्लाकै पहिलो बालविवाहमुक्त गाँउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा वडाध्यक्ष रामबहादुर खड्काले आज यहाँ आयोजित कार्यक्रममा उक्त गाँउलाई बालविवाह मुक्त टोल घोषणा गरेका हुन् ।

उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिए । नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकामा अहिले ‘विहावारी २० वर्ष पारी’ नारालाई सार्थक बनाउन थालिएको छ ।

बालविवाह न्युनीकरणका लागि कार्यक्रम अघि बढाइरहेको गुड नेवर्सका जिल्ला संयोजक रन्जित चौधरीले बताए । उनले भने, ‘सरकारको लक्षअनुसार हामी बालविवाह अन्त गर्न लागिपरेका छौं ।’ यस कार्यका लागि तीन वर्ष अघिदेखि ती दुबै संस्थाले संयुक्तरूपमा विद्यालय र समुदायमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७