सिरहामा युवाहरूबीच छुरा हानाहान : एकको मृत्यु, एक गम्भिर, विरोधमा स्थानीयको चक्काजाम

सिरहा । सिरहाको गोलबजार नगरपालिका-६ डोहटियामा शनिवार राति छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । युवाहरुको दुई समूहबीच भएको छुरा हानाहानमा सोही ठाउँका २५ वर्षीय रामकुमार सदायको उपचारको क्रममा मृत्यु भएको छ ।
सोही ठाउँका १८ वर्षीय निकेश सदाय घाइते छन् । छातीसहित शरीरका विभिन्न भागमा छुरा प्रहारबाट गम्भीर घाइते रामुकमारलाई आरके मेडिसिटी अस्पताल धनगढीमाईमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । निकेशको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीयहरु पूर्व-पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।