माओवादी महाधिवेशन : कुन क्लस्टरबाट कति जना निर्वाचित हुन्छन् ? (सूचीसहित)


१७ पुष २०७८, शनिबार
prachanda1 2

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा समानुपाति समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ । निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ ।

आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, २४ , ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन् । त्यस्तै दलिततर्फ ६ जना पुरुष, युवा पुरुष १ जना, महिला १२ र युवा महिला ३ जना गरी २२ जना निर्वाचित हुनेछन् ।
त्यस्तै मुस्लिमतर्फ पुरुष १, युवा पुरुष १, महिला ४ र युवा महिला १ गरी ७ जना निर्वाचित हुनेछन् भने मधेसीतर्फ पुरुष ६ जना, युवा पुरुष १ जना, महिला १३ जना र युवा महिला ३ जना गरी २३ जना निर्वाचित हुनेछन् ।

त्यस्तै आदिवासी जनजातितर्फ पुरुष ११, युवा पुरुष ३, महिला २३ र युवा महिला ६ जना गरी ४३ जना निर्वाचित हुनेछन् । त्यस्तै थारुतर्फ पुरुष २ जना, युवा पुरुष १ जना, महिला ५ जना, महिला युवा १ जना गरी १० जना निर्वाचित हुनेछन् भने अपाङ्गतातर्फ पुरुष र महपला एक-एक गरी २ जना, पिछडिएको क्षेत्रतर्फ पुरुष, महिला एक-एक गरी २ जना निर्वाचित हुनेछन् । त्यस्तै खुलातर्फ १४५ जना निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७