निजगढ विमानस्थल निर्माण अघि बढाउन प्रधानमन्त्रीसहित गठबन्धन दल सहमत


२२ पुष २०७८, बिहीबार
kadsmfkmdg1641457151

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरुको सहमती भएको बताएका छन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ विमानस्थलको सम्बन्धमा भएको छलफलपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । मन्त्री आलेले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि उल्लेख गरे। उनले बस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने औंल्याए ।

‘अब काठमाडौंको एयरपोर्टले मात्रै यो ट्राफिक धान्न सक्दैन । विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो, छरितो निर्माण अगाडी बढाउनुपर्छ भनेर जुन आज सर्वदलीय बैठक सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बैठक सम्पन्न भएको छ । एउटा मास्टर प्लान पनि तयार भएको छ ।’

उनले भने, ‘अब छिट्टै हामी अवलोकन गरेर, ९ अर्बदेखि १० अर्ब टांगिया बस्तीलाई अन्यत्र सार्नका लागि मुआब्जा दिनुपर्छ भनेर कुरा आएको पनि छिटो बजेटको व्यवस्थापन गरेर अधिग्रहणको काम सम्पन्न गरेर यसलाई विभिन्न मोडलमा एयरपोर्ट निर्माण गर्न सक्छौं । नेपाल सरकारको बजेट वा दातृ निकायको सहयोगबाट विभिन्न मोडलमा निर्माण कार्य अगाडी बढाउछौं । छिट्टै गृहकार्य गर्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७