तालिबानसँग कुनै बहाना छैन, त्यसैले धर्मको सहारा लिँदैछ : मलाला


२० माघ २०७८, बिहीबार
malala yusufjai wSfjc3c2p4

काठमाडौं । अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएको छ । तालिबान सत्तामा आएपछि विश्वविद्यालयमा पढ्ने केही छात्राहरुले आफ्नो पढाइ सुरु गरेका छन् ।

तर, तालिबानले उनीहरुलाई अलग अलग राखेर पढाइनुपर्ने बताएको छ र पढाइ धार्मिक सिद्धान्तको आधारमा हुने बताएको छ । यद्यपि अझै पनि विद्यालय जाने छात्राहरुलाई भने अध्ययनको अनुमति दिइएको छैन । नोबेल पुरस्कार विजेता तथा बालिकाको शिक्षाको लागि काम गरिरहेकी मानवाधिकार कार्यकर्ता मलाला युसुफ जाइले तालिबानले धर्मको आडमा बालिकालाई शिक्षा प्राप्त गर्नबाट रोक्न नसक्ने बताएकी छिन् ।

बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘काममा जाने धेरै महिला अहिले घरमा बसेका छन्, बालिकाहरू विद्यालय जाने प्रतीक्षामा छन् । सबै नयाँ सरकारले महिलाको अधिकारको सुरक्षा गर्छ त ? भन्ने प्रश्न उब्जिएको छ ।’

‘हामीलाई थाहा छ कि अफगानिस्तानको महिला फुटबल, क्रिकेट र रोबोटिक्स टोलीले देश छाड्नुपरेको छ । किनकी उनीहरु अफगानिस्तानमा नै बसेर खेल्न सक्दैनन् । उनीहरुलाई अफगानिस्तानमा आफ्नो करियर समाप्त हुने आशंका बढेको छ’, उनले थपिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७