दामन-सिमभञ्ज्याङ क्षेत्रमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध


२१ माघ २०७८, शुक्रबार
daman

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा हिमपात भएको छ । उत्तरी मकवानपुरको दामन-सिमभञ्ज्याङ क्षेत्रमा शुक्रबार रातिदेखि बाक्लो मात्रामा हिमपात भएको हो । योसँगै यस वर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।

त्यस क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको छ इलाका प्रहरी कार्यालय पालुङ्गले जनाएको छ । हिउँ परेपछि अहिले त्रिभुवन राजपथ बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हाल हेटौंडाबाट जाने सवारीलाई गोलमोडमा र पालुङतर्फबाट आउने सवारीलाई दामनमा रोकिएको छन् । सडकमा हिउँ जमेको कारण सवारी आवत जावतमा समस्या भएको प्रहरीको भनाइ छ ।

सडक डिभिजन कार्यालय मकवानपुर र थाहा नगरपालिकासँग समन्वय गरेर हिउँ पन्छाउने कार्य गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७