२०७८ फागनु १४ गते शनिबारको तपाईको राशिफल


१४ फाल्गुन २०७८, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । विश्वास गरेकाले साथ र लाभ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो प्रयास र काम धन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्यमा सफलता मिल्ने छ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कसैले झुटो आश्वासन दिन सक्छन् । सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निणर्य लिन सकिनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलीको प्रभाव पनि बढ्ने छ नयाँ कमको थालनी हुनेछ । राजनैतिक चिन्तन बढ्ने छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७