२०७८ फागुन १७ गते मंगलबारको तपाईको राशिफल

फागुन कृष्ण चतुर्दशी पञ्चाङ्ग : परिधि विष्टि/भद्रा धनिष्ठा , महा शिवरात्री / नेपाली सेना दिवस


१७ फाल्गुन २०७८, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउने छ । शत्रु पनि क्षय हुन सक्छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्ने छ । ब्यापार, व्यवसायबाट आम्दानी हुनेछ । गफैको भरमा पनि काम बन्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सानातिना समस्यामा अल्झनु पर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति भने सचेत रहनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्ने छ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्ने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७