२०७८ फागुन २३ गते सोमबारको तपाईको राशिफल


२३ फाल्गुन २०७८, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । स्वादिष्ट भोजन पनि पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभ कार्यको चर्चा चल्ने छ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्ने छन्, तर स्वास्थ्यप्रति सजग रहनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गा जमिनको कारोबार र सेयर बजारबाट राम्रो प्रतिफल मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूणर् अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । सफल यात्रा पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७