करिश्मा मानन्धर वैशाख ९ गते एमालेमा प्रवेश गर्ने


२ चैत्र २०७८, बुधबार
karishma manandhar and KP oli

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आउँदो वैशाख ९ गते नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा उनी तुल्सीलाल स्मृति प्रतिष्ठानमा गरिने एक कार्यक्रमबीच उनी एमालेमा प्रवेश गर्ने पक्का भएको हो ।

त्यसदिन अभिनेत्री मानन्धरसँगै अन्य दल छाडेका नेता कार्यकर्तालाई पनि अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । अभिनेत्री मानन्धरले एमालेमा प्रवेश गर्ते तयारीस्वरुप गत फागुन २६ गते बालकोट पुगेर अध्यक्ष ओलीसँग वार्ता गरेकी थिइन् ।

मानन्धरलाई लिएर ललितपुरका एमाले सांसद नवराज सिलवाल र समानुपातिक सांसद गंगा चौधरी सत्गौवा पनि पनि बालकोट पुगेका थिए । बालकोट पुगेर उनले ओलीसँगको संवादमा आफूलाई एमालेमा काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।

एमाले प्रवेश गर्ने मनस्थिति धेरै पहिलेदेखि बनाए पनि उचित समय कुरेर बसेको उनले बताएकी थिइन् । यसअघि मानन्धरलाई गत असोजमा ओलीले फोन गरेका थिए । कक्षा १२ को परीक्षा दिइरहेका बेला उनलाई ओलीले फोन गरेका थिए । ओलीले उनलाई भइरहेको कक्षा १२ को परीक्षाको लागि शुभकामना दिन फोन गरेका थिए । मोबाइल स्क्रिनमा ओलीको नाम देख्दा छक्क परेको उनले बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७