नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते


२८ चैत्र २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

नवलपरासी । नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार राति खरकट्टा जङ्गलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जना सवार रहेको बसका २१ यात्रु घाइते भएका हुन् । दुर्घटनामा परेका अधिकांश यात्रु कावासोती र डण्डाका छन् । उनीहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । नारायणगढबाट कावासोती जाँदै गरेको ना ५ ख १४१६ को बस खरकट्टा जंगलमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७