झारफुकका क्रममा महिलाको ‘शंकास्पद’ मृत्युु, धामी-झाँक्रीसहित सात जना पक्राउ

घटनास्थलमा रड भेटियो


३ बैशाख २०७९, शनिबार
kanchanpur murder

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका-७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
‘हामीले आज बिहान सडेको अवस्थामा स्थानीय कमला साउदको घर आँगनबाट मृतकको शव बरामद गरेका छौँ,’ शाहले सुनाए, ‘घटना शंकास्पद भएकाले सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामीझाँक्रीसहित सात जना स्थानीय छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका-१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुसँगै साउदका परिवारका सदस्यहरु समेत पक्राउ परेका हुुन् । तर प्रहरीले उनीहरु सबैको नाम सार्वजनिक गरेको छैन । ‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र थप कुरा थाहा हुन्छ ।’
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।

घटनास्थलमा पुगेका वेदकोट नगरपालिका-६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको जानकारी दिए । ‘स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृत्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घटनास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका सात वटा डन्डी (रड) भेटिएका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७