सल्यानको कपुरकोटमा एमालेलाई हराउँदै एकीकृत समाजवादी विजयी


२ जेष्ठ २०७९, सोमबार
kaporkot ghaupalika

सल्यान, २ जेठ । सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)लाई हराउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाबहादुर पुनले विजयी भएका छन् । उनले ३१६० मत ल्याएर विजयी भएका हुन्।

एमालेका उम्मेदवार भीमबहादुर सेनले जम्मा २९३६ मत ल्याएका छन्।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका प्रकाश भरारीले जितेका छन्। उनले ३२४० मत ल्याए। यहाँ एमालेका उम्मेदवार भीमा बुढाथोकीले २७४५ मत ल्याएर पराजित भइन्।

यहाँ माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७