इलामको देउमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


४ जेष्ठ २०७९, बुधबार
Surya Pokharel Pabi maya Rai Deumai nagarpramukha

इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सूर्य पोख्रेलले ८,६९५ मत र उपप्रमुखमा पविमाया राई ८,५६३ मतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत दुवै जना विजयी भएका थिए । गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७,६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५,७६५ मत ल्याएका छन् । दुलाल र राई यसअघि २०७४ मा नगर प्रमुखका लागि पोख्रेलसँग पराजित बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७