बालेन साहको फराकिलो अग्रता बढ्दै, स्थापित भन्दा सिंह अघि


८ जेष्ठ २०७९, आईतवार
Balen Shah keshav esthapit and srijana singh

काठमाण्डौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मतका साथ अग्रता कायम राखेको हो । साहले १७ हजार चार सय २४ मतको अग्रता गरेका छन् ।

उनले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन्। सिंहले २३ हजार ८५५ मत पाएकी छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन्। स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन्।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।त्यस्तै अहिले वडा नम्बर ९, १०, ११, १२, १३, २२, २३, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ९, १०, ११ र २६ मा बालेनको अग्रता छ। वडा नम्बर १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। यहाँ १६८३ मत गन्दा सिर्जनाले ६८०, स्थापितले ४९७ र बालेनले ३४७ मत पाएका छन्।

त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ। २४ नम्बर वडाको गणना सकिएको छ। जसमा स्थापितले ९१० मत पाउँदा सिर्जनाले ७६० र बालेनले ६०२ मत पाएका छन्।

२३ नम्बर वडाको १७८३ मत गन्दा स्थापितले ४२१, सिर्जनाले ३४७ र बालेनले २७९ मत पाएका छन्। वडा नम्बर २५ मा गणना भएको ४०५९ मतमा स्थापितले ९३०, सिर्जनाले ७३० र बालेनले ६८५ मत पाएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७