अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी, १८ जनाको गयो ज्यान


११ जेष्ठ २०७९, बुधबार
aec483c5 36c0 4a36 91f4 4ee41d57470f 5qM8VvCvV3

काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो शहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे शहरमा यो घटना भएको हो । अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।

रोब इलिमेन्टरी स्कूल टेक्सासको सान एन्टोनियो शहरबाट लगभग ८३ माइल (१३३ किलोमिटर) पश्चिममा रहेको छ । यो एक प्राथमिक विद्यालय हो – यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन् ।

टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएका थिए । रामोसलाई घटनास्थलमा पठाइएका प्रहरीले मारिसकेको बताइएको छ ।

प्रहरीले पनि स्थानीय समयअनुसार बिहान करिब ११ः३२ बजे रोब इलिमेन्टरी स्कुलमा घटना भएको र संदिग्ध व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार मारिने विद्यार्थी दोस्रो, तेस्रो र चौथो कक्षामा रहेका बालबालिकाहरू रहेका छन् ।

उभाल्देमा भएको गोलीबारी मे मा संयुक्त राज्य अमेरिकामा भएका धेरै सामुहिक गोलीबारीमध्ये एक हो । गन वाइलेन्स आर्काइभले सामूहिक गोलीबारीलाई चार वा बढी व्यक्ति घाइते वा मारिएको घटना भनेर परिभाषित गर्दछ । संस्थाले यस वर्ष मेको मध्यदेखि हालसम्म द्दज्ञछ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७