चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै भाइको हत्या

सुनसरी । सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । चुरोटको विषयमा झगडा हुँदा दाजु देबराज धामीले खुकुरी प्रहार गरी आफ्नै १८ वर्षीय भाइ देवकुमारको हत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।
बराहक्षेत्र नगरपालिका-४ कौवाका ३० वर्षीय देबराज धामीले हत्या गरेको प्रहरीको जनाएको छ । आइतबार देवराजलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए ।
चुरोटको निहुँमा दाजुभाइको झगडा भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट देवकुमार गम्भीर घाइते भएका थिए । उनको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।