सर्वसाधारणबाट दुई करोड बढी ठग्ने ‘मेरिगोल्ड ओभरसिज’ मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर


१८ श्रावण २०७९, बुधबार
bivagbaidesik 1032020080008

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ ।

सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाई दिन्छु भन्दै ३८ जनाबाट रु एक करोड ८६ लाख १५ हजार २०० लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरु वैदेशिक रोजगारीका क्रममा ठगिएकोे भन्दै पीडितहरुले विभाग उजुरी दिएका थिए ।

मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरुविरुद्ध ठगी गरेको रु एक करोड ८६ लाख १५ हजार २०० र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७