काठमाडौं-८ बाट उठ्न नवीन्द्र पत्नी सपनाले दिइन् पार्टीमा आवेदन


१७ भाद्र २०७९, शुक्रबार
nabindra sapan

काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले इच्छुक भएको निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएकी छन् ।

क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो । त्यहीअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने गरी सपनाले पार्टीमा आवेदन दिएकी हुन् ।

उनको यसअघि पनि काठमाडौं महानगरको प्रमुख उम्मेदवारका रुपमा समेत चर्चा भएको थियो यस क्षेत्रबाट नेता राजुराज जोशीले पनि उम्मेदवार हुन पार्टीमा आवेदन बुझाएका छन् । जोशी १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ८ बाट सर्वसम्मत महासमिति सदस्य चयन भएकी थिइन् ।

नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गाँसिनुअघि उनी सक्रिय विद्यार्थी राजनीतिमा थिइन् । नवीन्द्र यही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

०७४ को निर्वाचनमा उम्मेदवार बनेका जोशी ४४४ मतान्तरले वर्तमान पर्यटन मन्त्री जीवनराम श्रेष्ठसँग पराजित भएका थिए । काठमाडौंभित्र राम्रो सांगठनिक पकड र निष्ठा इमानदारीपूर्वक राजनीति गर्ने नवीन्द्रको छवि सर्वप्रिय थियो । नविन्द्रको निधनपछि उनले सुरुवात गरेको घरदैलो कार्यक्रममा सपनाले निरन्तर सहभागिता जनाउँदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७