हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद भोलिसम्म


२८ भाद्र २०७९, मंगलवार
himalayan

काठमाडौं । हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद बुधबार २९ भदौसम्म मात्र रहेको छ । यसआधारमा अब मंगलबार र बुधबार गरी जम्मा २ दिनमात्र यसमा आवेदन दिने समय रहेको छ । हिमालयनको ऋणपत्रमा पहिलो चरणमा सबै बिक्री नभएपछि समय थपेर २९ भदौसम्म पुर्‍याइएको हो ।

बैंकले भदौ १५ गतेबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो ।

यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउने छन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७