प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत, अर्को बैठक भोलि


३१ भाद्र २०७९, शुक्रबार
agni sapkota Parliment house samsad bhawan scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेकी हुन् । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ ।

त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेका थिए ।

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट ऊर्जामन्त्री भुसालले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिबार बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७