भीम रावलको नजरमा राजनीतिक ‘अनैतिकता’ का दुई नमूना : कमल थापा र उपेन्द्र यादव

‘पार्टीले टिकट नदिएको विषयमा उचित समयमा बोल्ने छु’


२५ आश्विन २०७९, मंगलवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह दिएकोप्रति आपत्ति जनाएका छन् ।

मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिन्हवाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन् । उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन् ।

‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ?,’ रावलले भनेका छन्, ‘निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने । यस्तैलाई एमालेले बोक्ने ! के हुन लाग्यो !’

आफनो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भए पनि केन्द्रले टिकट नदिएको बिषयमा उचित समयमा बोल्ने जनाएका रावलले थापालाई दिएको सूर्य चिन्ह र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा नै रहिरहेको बिषयलाई सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन ।

भीम रावलले भने, ’उचित समयमा बोल्ने छु’
नेकपा एमालेका नेता भीम रावलले अछामवाट सिफारिस हुदाँहुँदै पनि नेकपा एमालेले टिकट नदिएको बिषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन ।

कथित १० बुँदे पक्षधर भएका कारण रावलले गृह जिल्ला अछामबाट टिकट नपाएको भन्ने चौतर्फी बहस चलिरहँदा रावलले सोबारेमा समय आए पछि आफै बोल्ने जनाएका हुन् ।
‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’, रावलले सोमबार साँझ टविट गर्दै भनेका छन, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कु–नियत हो । उचित समयमा बोल्ने नै छु ।’

रावलले गत महाधिवेसनमा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दर्ता गराएका थिए भने पछि पराजित भएका रावललाई केन्द्रिय सदस्यमा मनोनित गरे पनि नयाँ कमिटी सदस्यको हैसियतमा सपथ भने लिएका थिएनन् । उनी क्षेत्र, जिल्ला प्रदेशवाट प्रतिनिधिसभाका लागि सिफारिस भए पनि केन्द्रले भने माओवादी परित्याग गरिआएका झपट रावललाई टिकट दिएको छ ।

रावललाई टिकट नदिई बोहोरालाई दिएपछि एमालेसहित राष्ट्रिय राजनीतिमा रावल चर्चाको बिषय बनेका छन् । सोही बिषयलाई लिएर अर्का नेता घनश्याम भुसालले पार्टी परित्याग गरे पनि रावलले भने पार्टी परित्याग नगरी आन्तरिक संघर्ष गर्ने जनाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७