मुलुक आम निर्वाचनमा, ‘विप्लव’ नेतृत्वको नेकपा भने नवौं महाधिवेशनमा

कपिलवस्तुमा आजबाट शुरु हुने महाधिवेशनले आम निर्वाचनबारे धारणा बनाउने


२५ आश्विन २०७९, मंगलवार
biplaw prakanda

काठमाडौ । मुलुक आम निर्वाचनमा होम्मिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ ।

चन्द नेतृत्वको नेकपाको नवौं राष्ट्रिय महाधिवेशन आज (मंगलबार) देखि कपिलवस्तुको शिवगढीमा शुरु हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो

सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन । दिउँसो १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । सो महाधिवेशनमा कति प्रतिनिधि रहने छन् ? त्यो भने खुलाइएको छैन ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि बिभाजन गरी नेकपा गठन गरेका थिए । तीन बर्ष अघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि बिभाजन भएपछि पहिलो पटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गईरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७