देउवाको उम्मेदवारीबिरुद्ध उजुरी : आज २ बजेसम्म जवाफ दिनुपर्ने


२५ आश्विन २०७९, मंगलवार
Deuwa umerdwari

डडेल्धुरा । फरक–फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समय सीमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समूहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिईसक्नु पर्नेछ ।

डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवामाथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवाबिरुद्ध सोमवार उजुरी परेको थियो ।
सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । प्रधानमन्त्री समेत रहेका देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७