बारामा एकै परिवारका तीन जना मृत्त फेला, हत्याको आशंका


२६ आश्विन २०७९, बुधबार
death woman
सांकेतिक तस्वीर

बारा । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीन जना मृत्त फेला परेका छन् । मृत्त भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘मृतक सुजाताका श्रीमान घाइते अवस्थामा अस्पतालमा छन् । प्रारम्भिक रूपमा हेर्दा आफन्तबाटै घटना भएको अनुमान छ । म पनि घटनास्थल पुग्दै छु । अनुसन्धानपछि थप कुरा आउँला ।’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७