सत्ता गठबन्धनका दलले एकापसमा मतदान गर्न आनाकानी गर्न हुँदैन : प्रचण्ड


७ कार्तिक २०७९, सोमबार
prachanda 8
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युद्धकालमा आमनेसामने भएर लडेको सम्झेर अहिले मतदान गर्न आनाकानी गर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युद्धकालमा माओवादी र कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (तत्कालीन एमाले) बीच आमनेसामने भएकै आधारमा अहिले मतदान गर्न कठिन मान्नु नपर्ने बताए ।

satta

१२ बुँदे सहमति, शान्ति प्रक्रिया हुँदै अहिलेको राजनीतिक अवस्थामा आएकाले कांग्रेसका नेता तथा कार्यकर्ताले माओवादी उम्मेदवारलाई मत दिन कठिन मान्नु नहुने प्रचण्डको भनाइ छ ।

देश र जनताका लागि एकअर्कालाई सहयोग गरेर अघि बढ्नु पर्ने बताएका प्रचण्डले अहिलेको गठबन्धनको सत्ताका लागि नभएको बताए । देशमा प्रतिगमनविरुद्ध लड्न आवश्यक परेका बेलासम्म गठबन्धन रहने प्रचण्डको भनाइ छ ।

पाँच दलीय गठबन्धनले काठमाडौंमा गरेको वाग्मती प्रदेश स्तरीय कार्यकर्ता भेलामा दाहालले आगामी दिनमा कसरी विकास गर्न सकिन्छ भन्ने स्पष्ट कुरा जनतामा पु¥याउनुपर्ने बताए । कम्युनिस्ट र कांग्रेस मिल्नु स्वाभाविक भएको भन्दै उनले अबको यात्रा सत्ताका लागि मात्रै नभएको बताए । ’गठबन्धन चुनाव जित्ने र सरकार बनाउनेमा मात्रै होइन,’ उनले भने । पर्यटन, विद्युत्, जडिबुटीलगायतका स्रोतको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७