टी–२० विश्वकपमा अर्को सनसनी, आयरल्याण्डले इङल्याडलाई हरायो


९ कार्तिक २०७९, बुधबार
thumb 8

काठमाडौं । जारी टी–२० विश्वकपमा एशोसियट राष्ट्रहरूको सनसनी जारी छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

आफ्नो पहिलो खेलमा नामिबियाले श्रीलंकालाई पराजित गरेर सनसनी मच्चाएको थियो । त्यसका साथै नेदरल्याण्डले अस्ट्रेलियालाई समेत हराएर जारी विश्वकपमा संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो ।

बुधबार भएको खेलमा आयरल्यान्डले इङल्याण्डलाई पराजित गरेर अर्को उलेटफेर गरेको छ । वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङल्याण्डलाई पाँच रनले पराजित गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७