चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न बोल्सोनारोको अपील


१७ कार्तिक २०७९, बिहीबार
unnamed

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आइतबारको चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न र अन्यत्र विरोध प्रदर्शन गर्न अपील गरेका छन् ।

बोल्सोनारोका वामपन्थी प्रतिद्वन्द्वी लुलाले चुनाव जितेको घोषणा गरेपछि अति दक्षिणपन्थी राष्ट्रपतिका समर्थकहरूले ब्राजिलभरि सयौं सडक अवरोधहरू खडा गरेका छन् । ‘बोल्सोनारोले सडक अवरुद्ध गर्नु ‘वैध’ विरोधको अंश नभएको बताए । उनले मानिसहरूलाई प्रदर्शनका अन्य तरिकाहरू छनौट गर्न प्रोत्साहित गरे ।

यसैबीच ७७ वर्षीय लुलाले आफूलाई मतदान गर्ने मात्र नभई सम्पूर्ण ब्राजिलियनहरुलाई सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७