यस्तो छ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचापत्र’ (पूर्णपाठ)


१७ कार्तिक २०७९, बिहीबार
swatantra party bacha R8KDjnYeOE

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रलाई सो पार्टीले ‘वाचापत्र’ भनेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रमार्फत घोषणापत्र सार्वजनिक गरिएको छ । पार्टी सभापति लामिछानले घोषणापत्र सार्वजनिक गरेका थिए ।

एक कार्यक्रमका बीच पार्टी सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको जानकारी गराए । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ । यस्तै झण्डरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालन गर्ने बाचा गरेको छ ।

भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ । महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले गरेको छ ।

नागरिकलाई राज्यको अभिभावकत्व महसुस गराउने, भविष्यमा कसैलाई पनि आरक्षण नचाहिने समाजको कल्पना गर्ने, शिक्षालाई मौलिक, आधुनिक र व्यवहारिक बनाउने गरी काम गर्ने बाचा पनि गरेको छ । यस्तै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति गराउने, कृषिमा व्यवसायीकरण गर्ने लगायतका बाचा समेटिएको छ ।
बाचापत्रको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७