विष्णुको मूर्ति शिलान्यास गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा


१८ कार्तिक २०७९, शुक्रबार
Bidhya Bhandari Mustang

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रबार) मुस्ताङ आइपुगेकी छन् । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्न मुस्ताङ आएकी हुन् ।

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७