२०७९ कार्तिक २२ गते मंगलबारको तपाईको राशिफल

कार्तिक शुक्ल पूर्णिमा पञ्चाङ्गः व्यतिपात बव भरणी , खग्रास चन्द्रग्रहण , गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र) : निम्बार्काचार्य जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, विश्व रेडियोग्राफी दिवस


२२ कार्तिक २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रबाट विशेष सहयोग मिल्ने छ । शिक्षामा सफलता मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । रोकिएको धन पनि हात पर्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्यमा रुचि बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । ठीक समयमा सही निर्णय लिन सकिने छ । घर जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्ने छ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोट पटकको भय पनि छ, अतः सावधानी अपनाउनु नै उपयुक्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । शुभकार्यमा सरिक भइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साथीभाइसँग समय पनि बित्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्ने छन् । टाढाको यात्रा गर्नु पनि ठीक छैन, तर साँझमा कुनै समाचारले मनमा प्रसन्नता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कुनै समाचारले मनमा प्रसन्नता मिल्ने छ । समाजसेवामा मन लाग्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७