भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु


३ मंसिर २०७९, शनिबार
tankar water

भक्तपुर । भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।

झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।

ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७