खाद्य कार्यालय काभ्रेका प्रमुख मृत्त फेला


१६ मंसिर २०७९, शुक्रबार
death
सांकेतिक तस्वीर

काभ्रे । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्रप्रसाद घिमिरेले मृत भेटिएका छन् । उनी आफ्नै कार्यालयको छतमा झुण्डिएको अवस्थामा मृत्त भेटिएका हुन् ।

शुक्रबार बिहान पौने ११ बजेतिर धुलिखेलस्थित आफ्नै कार्यालयको छतमा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले जानकारी दिए । आत्महत्या गर्ने घिमिरे काठमाडौ मातातीर्थका स्थायी बासिन्दा रहेका प्रहरीले जनाएको छ ।

कार्यालयको छतमा रहेको ट्रस्टको डन्डीमा झुन्ण्एिको अवस्थामा शव भेटिएको जोशीले जानकारी दिए । घिमिरेको परिवार आइपुगेपछि पोस्टमार्टमका लागि शव लैजाने प्रहरीको तयारी छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७