सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड लगातार तेस्रो पटक नकआउट चरणमा


१७ मंसिर २०७९, शनिबार
Sweerzerland vs serbia iBbFP2qbuJ

काठमाडौं । सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड लगातार तेस्रा पटक फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो ।

खेलको २० औं मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै त्यसको ६ मिनेटपछि एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १–१ गोलको बराबरीमा ल्याए । ३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए ।

तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २–२ को बराबरीमा ल्याए ।त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३–२ को जित दिलाए ।

यस जितसँगै स्विट्जरल्यान्ड ६ अंकका साथ समूह (जी) को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । त्यस्तै सोही समूहबाट ब्राजिल विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ । गएर ाति भएको खेलमा क्यामरुनसँग ब्राजिल १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७