कांग्रेसले माग्यो निर्वाचनमा अन्तर्घात गर्नेहरुको विवरण


१८ मंसिर २०७९, आईतवार
congress

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारवाही गर्ने भएको छ ।

केन्द्रीय अनुशासन समितिले आज (आइतबार) विज्ञप्ति जारी गर्दै अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारवाही गरी जानकारी केन्द्रमा पठाउन भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ ।’

Press Realise 2079 8 18 20221204163515

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७