शिवम् सिमेन्ट,बेष्ट म्यानेज्ड कम्पनी अफ द इयरु बाट सम्मानित


२९ मंसिर २०७९, बिहीबार
shibham cement

काठमाडौं । शिवम् सिमेन्ट,बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएको छ।

कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत गत सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्मान गरेको हो।

सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक–फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरूमध्ये शिवम् सिमेन्टले उक्त अवार्ड प्राप्त गर्न सफल भएको कम्पनीले बताएको छ।

यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट पहिलो पटक एन।एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भइसकेको छ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपिसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरूका साथै अनेकौ संरचना निर्माणमा समेत विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

कम्पनीका अनुसार एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी सेयर होल्डर एवम् कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक सम्मानित हुँदै आइरहेको छ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसी सिमेन्ट बन्न सफल भएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७