ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु


४ पुष २०७९, सोमबार
accident 2

बारा । बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका सिम्रिकका २६ वर्षीय भुवन पहाडी र त्यसमै पछाडि सवार २७ वर्षीय रितबहादुर राईको मृत्यु भएको हो । उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको निजगढस्थित प्रसूति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका करिब ७ बजे प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७