ट्वीटरको सीईओ छाड्ने एलन मस्कको घोषणा


६ पुष २०७९, बुधबार
Elon musk

काठमाडौं । एलन मस्कले ट्वीटरको सीईओ छाड्ने घोषणा गरेका छन् । उनले यसअघि सीईओको भूमिकामा रहँदा वा अलग हुँदा कुन ठिक होला भनेर भोटिङ पोल राखेका थिए ।

उनले त्यससँगै नतिजा पालना गर्ने प्रतिवद्धता पनि जनाएका थिए । बहुमत प्रयोगकर्ताले उनलाई सीईओ छाड्न भनेका थिए । त्यसपछि मस्कले आज बिहानै गरेको घोषणामा भनेका छन्, ‘म सीईओ पदबाट छिटो राजीनामा दिनेछु । मैले केवल सफ्टवेयर सर्भर टिम चलाउने छु ।’

उनले गरेको भोटिङ पोलमा एक करोड ७५ लाख प्रयोगकर्ताले भोट गरेका थिए । त्यसमध्ये ५७.५ प्रतिशतले सीईओ छाड्न सुझाव दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७