पेरुमा सरकार विरोधी प्रदर्शनमा १७ जनाको गयो ज्यान


२७ पुष २०७९, बुधबार
peru scaled

काठमाडौं । पेरुमा सरकार विरोधी प्रदर्शनमा कम्तिमा १७ जनाको ज्यान गएको छ । दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थल नजिकै भएको पछिल्लो झडपमा कम्तीमा १७ जनाको ज्यान गएको हो ।

पेरुका राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शन भइरहेको छ । गएको डिसेम्बर पहिलो हप्ता तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएर हिरासतमा राखिएसँगै त्यहाँ विरोध सुरु भएको थियो । प्रदर्शनकारीले विभिन्न किसिमका नाकाबन्दी समेत गरेका छन् ।

उनीहरुको माग हिरासतमा राखिएका पूर्व राष्ट्रपति कास्टिलोको रिहाइ, राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ चुनावको लागि आह्वान रहेको समाचार संस्था अल जजिराले जनाएको छ । नयाँ राष्ट्रपति डिना बोलुआर्टेले सन् २०२४ मा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ तर विरोध प्रदर्शन कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७