सहरी विकासमन्त्री विक्रम पाण्डेको प्रतिवद्धता : देशभरका तुइन हटाएर झोलुङ्गे पुल बनाइन्छ


३ माघ २०७९, मंगलवार
Bikram pandey sahari bikash mantri

काठमाडौं । नव नियुक्त सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयबाट अघि डबढाइएका कार्यक्रमहरूलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार) मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रीबाट सदर भएका योजनाहरू अलपत्र पार्ने र पूरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका हुन् ।

उनले तुइनबाट खोला तर्दा सर्वसाधारणको ज्यान जाने गरेको भन्दै खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल बनाइने बताए । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने समेत बताएका छन् ।

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताए। उनले सहरी विकास मन्त्रालयबाट भए गरेका कामको विवरण लिएर प्राथमिकता निर्धारण गरिने उल्लेख गरे । उनले आफूले कुनै स्वार्थका आधारमा काम नगर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७