टर्की भूकम्प : चर्चित फुटबलर तर्कुस्लानको निधन


२५ माघ २०७९, बुधबार
football kheladi Jsv8MVwHhp

काठमाडौँ । टर्कीमा सोमबार गएको भूकम्पमा परी चर्चित फुटबल खेलाडी अहमेट इयुप तुर्कस्लानको मृत्यु भएको छ । उनको फुटबल क्लब येनी मालत्यास्पोरले मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

२८ वर्षीय तुर्कस्लानले येनी मालत्यास्पोर क्लबबाट ६ पटक खेलेका थिए । उनी सन् २०२१ मा यो क्लबमा प्रवेश गरेका थिए । टर्की र सिरियामा सोमबार आएको भूकम्पका कारण अहिलेसम्म ७ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्, जसका लागि उद्दार कार्य जारी छ ।

उनको मृत्युबारे जानकारी गराउँदै क्लबले भनेको छ, ‘हाम्रा गोलकिपर अहमद अयाप तुर्कस्लानको भूकम्पमा मृत्यु भयो । हामी उहाँलाई बिर्सने छैनौं । उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७