टर्की भूकम्प : २२२ घण्टा पछि भग्नावशेषबाट एक महिलाको जीवितै उद्धार


४ फाल्गुन २०७९, बिहीबार
earthquake1 bgZq31EDVy

इस्तानाबुल । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकालिरहेका छन् ।

टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीय महिलालाई भग्नावशेषबाट जीवितै फेला पारेको उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएको छ ।

टर्कीको राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुले २१२ घण्टा पछि उद्धारकर्ता भग्नावशेषबाट फतमा गुन्गोरर लाई जीवितै निकाले पछि उनको परिवारले अँगालो हालेको बताए । त्यसपछि बुधबार टर्कीको सरकारी टेलिभिजन टीआरटी हबेरका अनुसार काहरामानमारास सहरको भग्नावशेषमा २२२ घण्टा पछि ४७ वर्षीय मेलिके इमामोउलु अर्की महिलालाई उद्धार गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७