करिश्मा मानन्धरको चरित्र हत्या आरोपमा डिल्लीराम खनाल पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार
dilliram khanal

काठमाडौं । अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युट्युबमा करिश्माको चरित्र हत्या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन् । खनाल युट्युबका ‘भाइल’ व्यक्तिमा पर्छन् ।

उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए । अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७