टर्की भूकम्पपछि बेपत्ता फुटबलर क्रिस्चियन एत्सुको दुई सातापछि शव फेला


६ फाल्गुन २०७९, शनिबार
yetsu PkMvJXzetv

अनकारा । टर्कीमा गएको भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु भएको छ । भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको हो ।

एत्सुका एजेन्टले उनको मृत्युको पुष्टि गरेका छन् । ३१ वर्षीय एत्सुले प्रिमियर लिगमा एभर्टन, चेल्सी र न्युक्यासल फुटबल क्लबबाट खेलिसकेका छन् । भूकम्पपछि उनी गत फेब्रुअरी ६ गतेदेखि बेपत्ता थिए । उनको अपार्टमेन्ट पनि भूकम्पमा भत्किएको थियो ।

क्रिस्चियन एत्सुको क्लब ह्याटेसपोरले सुरुमा उनलाई उद्धार गरिएको तर चोटपटक लागेको बताएको थियो । तर पछि क्लबले बयान परिवर्तन गरेको थियो । उनका एजेन्ट नाना सासियरले शनिबार ट्वीट गरेका छन्, ‘धेरै गहिरो दुःखका साथ आज बिहान क्रिस्चियन एत्सुको शव भेटिएको जानकारी गराउन चाहन्छु । उहाँको परिवारसँग मेरो समवेदना छ ।’

एत्सु सेप्टेम्बर २०२२ मा ह्याटेसपोर क्लबमा आबद्ध भएका थिए भने ५ फेब्रुअरीमा सुपरलिगा खेलमा विजयी गोल गरेका थिए । दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७