महन्थलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर देउवा भेट्न जाँदै लोसपा नेताहरू


१० फाल्गुन २०७९, बुधबार
deuwa mahantha

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै दलका नेताहरुको दौडधुप र ‘लबिङ’ तीब्र बनेको छ । यसै क्रममा महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू आज (बुधबार) नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर महन्थलाई राष्ट्रपतिमा प्रस्ताव गर्न आग्रह गरेको लोसपाका नेताहरूले आज कांग्रेस सभापतिलाई भेट्न लागेका हुन् ।

आज बिहान साढे ९ बजे देउवा निवास धुम्बाराहीमा हुने भेटमा लोसपा नेताहरूले प्रधानमन्त्री र एमाले अध्यक्षसँग गरेको प्रस्ताव नै देउवासँग पनि राख्ने छन् । उनीहरूले हिजो साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भेटेका थिए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दलहरूले छलफल बढाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७