टर्की भूकम्प : कमजोर भवन निर्माण गरेको आरोपमा ६०० बढीमाथि अनुसन्धान


१४ फाल्गुन २०७९, आईतवार
Turkey 2
फाइल फोटो

अनकारा । गत फेब्रुअरी ६ को भूकम्पमा भत्किएका भवनहरूका विषय अहिले ६ सयभन्दा बढी व्यक्तिहरूमाथि जाँच भइरहेको टर्की सरकारले जनाएको छ । न्याय मन्त्री बेकिर बोजदागले भवन निर्माणमा संलग्न ठेकेदार र मालिकहरूसहित १८४ संदिग्धहरूलाई पहिले नै पक्राउ गरिएको शनिबार जानकारी दिएका हुन् ।

दुई हप्ता अघि अधिकारीहरूले ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको थियो। टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् । उनी भूकम्प प्रभावित क्षेत्रको सबैभन्दा नजिक रहेको सहरको रहेको बताइएको छ ।

भूकम्पपछि टर्कीमा १६ हजारभन्दा बढी भवनहरू ध्वस्त भएका छन् । वर्षौदेखि विज्ञहरूले धेरै नयाँ भवनहरू भ्रष्टाचार र सरकारी नीतिहरूका कारण असुरक्षित भएको चेतावनी दिँदै आएका थिए । टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७